नीतिनिर्माण तहमै शसक्त भूमिका खेल्न मेरो उम्मेदवारी हो :कुन्ती पोखरेल

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

प्रतिनिधि सभा सदस्य,

राप्रपा उम्मेदवार, काठमाण्डौं क्षेत्र नं. २

काठमाडौ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा राप्रपाको तर्फबाट उम्मेद्वार बन्नुभएको छ , तपाईको उम्मेद्वारी किन ?
राप्रपाको तर्फबाट म प्रतिनिधि सभा उम्मेदवार बनेकी छु । पार्टिले मलाइ विश्वास गरेर यो अवसर दिएको छ । म सक्षम युवा उद्यमी हुँ । देशको राजनैतिक दुरावस्था र व्याप्त भ्रष्टाचार, बेथिति , माफियातन्त्र ,दलालितान्त्र , गरिबी , बेरोजगारी समस्या , युवा पलायन लगाएत आम समस्याले म राजनीतिमा होमिन बाध्य भएको छु ।
नेपाली राजनीतिमा जवर्जस्त युवा र सक्षम नेतृत्वको हस्तक्षेप जरुरि छ । देशमा हामि परिवर्तन, शुसासन खोजिरहेका छौ तर हामीले सहि जनप्रतिनिधि चुन्ने मौका पटक पटक छौ । समय गतिशील छ तर हामि पुरानै नेतालाई विश्वास गरेर पटक पटक ठगिएका छौ । अब आफै अग्रसर भएर यो फोहोरी राजनीति सफा गर्न र भ्रष्टाचार विरुद्धको युवा जोस सहित म यो निर्वाचनमा उम्मेदवार बनेको छु ।
नीतिनिर्माण तहमै शसक्त भूमिका खेल्न मेरो उम्मेद्वारी हो ।
तपाइले यस क्षेत्रबाट जित्ने आधार के के हुन् ?
पहिलो आधार भनेको अहिले जनतामा आएको परिवर्तनको चाहाना हो । जनताहरु पुराना र भ्रष्ट पार्टिहरुबाट आजित छन् । जनता स्वच्छ राजनीति गर्न सक्ने सक्षम नेतृत्वको बिकल्पको खोजीमा छन् । जनतामा आएको यो परिवर्तनको लहर नै मैले जित्ने मुख्य आधार हो । दोस्रो हामि सनातन धर्म र मौलिक सस्कृतिको रक्षाका लागि प्रतिबद्ध छौ यो कुरा काठमाण्डौ २ का जनताले बुझ्नुभएको छ । तेस्रो म एक युवा उद्यमी हो, यस क्षेत्रमा लामो समय देखि सामजिक सामाजिक कार्यमा संलग्न छु, म यस क्षेत्रको माटोमा भिजेको छु, म ढुक्क छु, यो क्षेत्रका जनताले मलाई उहाँहरुको सेवा गर्ने मौका दिनुहुन्छ ।
नेपालमा ८०% हिन्दु रहेका छन, के तपाइले हिन्दु धर्मको सेन्टिमेन्टमा मत पाउनुहुन्छ ?
हाम्रो पार्टी सनातन धर्म सस्कृतिप्रति प्रतिबद्ध छ । हामि नेपालमा भएका हिन्दुहरुको भावना अनुसार देशमा धर्मको रक्षा गर्न चाहान्छौ । पक्कै पनि जनताले यसपटक राप्रपालाइ नै भोट दिनुहुन्छ । क्षेत्र नम्बर दुइमा भएका मठ मन्दिर , गुठि , नेवा सस्कृति सबैको सरक्षण गर्न , संसदमा सनातन धर्मको रक्षाकालागि बुलन्द आवाज उठाउन मलाइ जनताले मत दिनुहुन्छ ।
यस क्षेत्रमा तपाईको अन्य दलसंग तालमेल छ कि छैन ?
यस क्षेत्र नम्बर २ मा अहिले घोषित रुपमा कुनै दलसंग हाम्रो तालमेल भएको छैन । अन्तिम समयसम्म हामीले त्यसको प्रयास जारि राख्नेछौ । हामि यो विश्वास गर्दछौ कि ,हामो क्षेत्रमा हामि बलियो दावेदार हौ । हामि जित्नेमा ढुक्क छौ ।
तपाईले जनता माझ के के एजेण्डा लिएर जानुहुन्छ ?
प्रमुख एजेण्डा भनेको भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन निर्माण गर्न व्यापक दबाब र पहल गर्ने हुनेछ । त्यो संगसँगै नीति निर्माण तहमा शसक्त युवा आवाज बुलन्द गर्न, सनातन धर्म र मौलिक सस्कृतिको रक्षाका लागि कानुन निर्माण गर्ने ठाउँमा शसक्त आवाज उठाई कानुन निर्माण गर्न दवाबदिन , रोजगारी सृजना , युवापलायन रोक्ने, भ्रष्टाचार न्यूनीकरण र उन्मुलन गर्न कडा भन्दा कडा कानुन निर्माणका लागिपहल गर्न,काठमान्डौ क्षेत्र न. २ मा पर्ने शहरहरु जस्तै कोटेश्वर , सिनामंगल , जडिबुटी , पेप्सीकोला साँखु बजार लगायत शहरी क्षेत्रमा भित्रि सडक , ढल , ट्राफिकको समस्या र अव्यवस्थित आवासको समस्या समाधान गर्न काठमान्डौ महानगरपालिका र अन्य सम्बन्धित निकायसंग समन्वय र सहकार्य गरि उचित पहलगरि व्यवस्थित शहरीकरण गर्ने लगायतका मेरा प्रमुख एजेण्डा हुन् ।
तपाईलाई नै जिताउन मतदाताहरुलाई तपाई के भन्नुहुन्छ ?
परिवर्तन सम्भव छ , हाम्रो एक एकमतको महत्व छ । हामीले भ्रष्ट र दलाल नेताहरुलाई गालि गरेर मात्र भन्दा पनि निर्वाचन मार्फत आफ्नो अमुल्यमतले उनीहरुलाई सजाय दिने बेला भएको छ । हाम्रो अमुल्य मतले देशको भविश्य निर्माण हुने हो । त्यसैले म आम मतदातालाई आग्रह गर्न चाहान्छु कि, यो अमुल्य अवसर मतदाताहरुले सहि रुपमा सदुपयोग गर्न यसपटक हलोमा भोट हाली युवा र सक्षम जनप्रितिनिधिलाई निर्वाचित गर्नुहोस् । म क्षेत्रनम्बर २ बाट निर्वाचित भएर क्षेत्र नम्बर २ का मतदाताहरुलाई सेवा गर्ने र संघीय संसदमा शसक्त भूमिका खेल्ने जिम्मेवारी गहन रुपमा पुरा गर्नेछु ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *