जनसम्पर्क समिति कोरियाले अक्टोबर ९ मा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

अन्तर्राष्ट्रिय समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सन्तोष खड्का 

सौल/ दक्षिण कोरिया ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा मिति २०२२/१०/९ तारिक, आईतबार कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने  भएको छ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौं कार्यसमितिको बैठक सभापति भजिन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा जुम भर्चुअल माध्यमबाट मिति २०२२/०९/२३ तारिकका  बसि  बैठकले आउदै गरेको नेपालीहरूको महान चाड बडा दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा मिति २०२२/१०/९ तारिक, आईतबार कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको नेपाली जनसम्पर्क समिति, द.कोरियाका प्रवक्ता
प्रकाश देवकोटाले बताएका छन्।साथै उक्त दिन अरु कार्यक्रमहरु नजुधाईदिन र सम्पुर्ण लोकतन्त्र प्रेमी महानुभावहरुलाई सहभागि हुनको लागि अनुरोध समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *