युद्धग्रस्त सिरियामा १७१ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सिरियाका यसअघि युद्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा सन् २०२२ को हालसम्म १७१ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार यस वर्ष अहिलेसम्म ८६ बालबालिकासहित १७१ सर्वसाधारणको मृत्यु भएको छ भने १४१ बालबालिकासहित २५१ जना घाइते भएका छन् ।

बेलायतस्थित निगरानी समूह र सरकारी समाचार संस्था सानाका अनुसार आइतबार मध्य प्रान्त होम्सको दक्षिणमा रहेको डाबा गाउँमा विस्फोटक पदार्थको आक्रमणबाट तीन बालबालिकाको मृत्यु भएको छ ।

करिब हरेक हप्ता सिरियाली सेनाले यसअघिका विभिन्न युद्ध क्षेत्रमा विस्फोटक पदार्थ विस्फोट गराउने गरेको छ । गत जुनमहिनामा संयुक्त राष्ट्रसंघले दुईमध्ये एक सिरियाली जोखिमको क्षेत्रमा बसोबास गर्ने अनुमान गरिएको भन्दै अस्तव्यस्त विस्फोटक पदार्थको प्रदूषणले सुरक्षासम्बन्धी प्रमुख चिन्ताको विषय भएको उल्लेख गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *