भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

अन्तर्राष्ट्रिय
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गर्नुभएको छ ।
उहाँले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाउनुभएको छ । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले उनीहरूलाई घृणातर्फ मोडिइरहेको पनि उहाँले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “देशमा मुद्रास्फीति र बेरोजगारीको डर बढिरहेको छ र यसैका कारण भारतबासीमा सरकार र प्रशासनप्रति घृणा बढिरहेको छ ।”
सम्बोधनका क्रममा उहाँले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट के गरिब, किसान वा साना व्यापारीले कुनै लाभ पाइरहेका छन् भनी प्रश्न गर्नुभयो ।
उहाँले सभामा सहभागी दर्शकहरूतर्फ सङ्केत गर्दै भन्नुभयो, “एक किसिमले तपाईं बेरोजगारीबाट प्रभावित हुनुभएको छ यो भाजपा र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो ।”
उहाँले भन्नुभयो, “त्यसैगरी भारतीयहरू मूल्यवृद्धिको मारमा परेका छन् । नरेन्द्र मोदीले सत्तरी वर्षमा काँग्रेसले के ग¥यो भनेर प्रश्न गर्नुभएको छ । सत्तरी वर्षमा काँग्रेसले देशमा यस्तो मूल्य वृद्धिको आउन दिएको थिएन ।”
उहाँले थप्नुभयो, “विपक्षीहरूले यो मुद्दा संसदमा उठाउन खोज्दा सरकारले यसलाई अनुमति नदिएको दावी उहाँको थियो । किसानको मुद्दा होस् वा चीनसँगको सरकार यसमा उदाशीन छ ।”
सबै विपक्षी दल एकजुट भएर भाजपा र आरएसएसलाई परास्त गर्ने दिन आएको उहाँले बताउनुभयो ।
“हामी चीनको आक्रमण, बेरोजगारी, महँगीबारे कुरा गर्न चाहन्छौं, तर भाजपाले हाम्रो पार्टीलाई रोकेको छ । मिडिया होस्, न्यायपालिका होस् वा निर्वाचन आयोग, सबै संस्थाहरू दबाबमा छन् । त्यसैले मानिसहरू कहाँ जाने एक मात्र बाटो बाँकी छ । यही कारण काँग्रेस भारत जोडौ यात्रा शुरू गर्दैछ ।
“यो विचारधाराको लडाइँ हो र भाजपा र आरएसएसलाई हराउन सबै विपक्षी दल एक साथ आउनेछन्,” राहुल गान्धीले भारतको राजधानी दिल्लीको रामलीला मैदानमा आयोजित विशाल ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो ।
देशमा महँगी, बेरोजगारी र वस्तु तथा सेवा करवृद्धिको विरोधमा काँग्रेसले आइतबार काँग्रेसले ‘मेहङ्गाई पर हल्ला बोल’ नामक विशाल ¥्याली निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *