इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक : इरानी कमाण्डर

अन्तर्राष्ट्रिय
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।
एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ वाहनहरू रूसी एसयु-३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *