लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा सदस्य मनोनित

प्रमुख समाचार राजनीति
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

नेपाली कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा सदस्य मनोनित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत्र १५ गतेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा मनोनयन गर्नु भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ गतेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सभापति देउवाले आज विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

महासङ्घको सदस्यमा विश्वदिप लिङदेन, जगत बराम, तीर्थ लामा, राजकुमार राई, रामबहादुर लामा, सुनिल गुरुङ, कर्म व्यञ्जनकार, धनादेवी थापा मगर, रामजी कङ्ेन, रेनुका काउचा मगर, शेरबहादुर तामाङ, जयप्रसाद इङनाम, टेकबहादुर लिम्बु, धनाकुमारी मगर (धनम), टोपबहादुर थापा मगर, ज्ञानबहादुर लामा, माया पुनमगर, लक्ष्मी थिङ, इन्द्रा गुरुङ, पूर्णबहादुर गुरुङ, मनोनित हुनुभयको छ ।

यसैगरी महासङ्घको सदस्यमा कामी शेर्पा, आङ टेण्डी शेर्पा, बडेराम हेमरम, केसाङमु शेर्पा, ठाकुर कुमाल, मोहन छन्त्याल, शम्भु तामाङ, मनहरी श्रेष्ठ, हिलारी बन्धु भुजेल, ओखलढुङ्गा लिलामान कङेन, रणबहादुर तावा, चन्द्र खालीङ राई, रमेश इवाहाङ, धर्मराज राई, दुर्गा सुनुवार, छत्र वम्जन, पूर्णसिद्धी लामा, मोहन राजवंशी, बासुदेव ऐतवाल (व्यासी), पासाङ शेर्पा, तलिसरा रखाल, विजेन्द्र कुमार कायस्थ, मदनलाल श्रेष्ठ, नन्दबहादुर गुरुङ, फुन्जेन लामा, कुन्छाङ टासी लामा, टेकबहादुर गुरुङ, र जानुका लिम्बु शेर्पा मनोनित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *