२०८३ भदौ ९, बुधबार पूर्वाह्न १०:१३:३२

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

‘मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताउनुभयो ।

“पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन । ”, उहाँले भन्नुभयो, “चुनौतीको सामना गर्दै निष्पक्ष भएर पत्रिकारिता गर्नुपर्छ ।” पत्रकार स्वयं व्यक्तिले राजनीति गरे पनि सञ्चार संस्थालाई राजनीतिमा नमुछ्नुस् भन्दै उहाँले स्वतन्त्र ढङ्गले अगाडि बढ्न सक्ने नेतृत्व सहमतिबाटै चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

आइतबार सम्पन्न हुने बानको महाधिवेशनले सहमतिमै नयाँ नेतृत्व चयन गर्न प्रयास भए पनि नसकेपछि आइतबार मतदान हुने बताइएको छ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रदेश संयोजक, केन्द्रीय सदस्यसहित २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *