चलचित्र ‘‘प्रकाश’’ बाट राम्रो र सकारात्मक परिणाम आउने विश्वास लिएको छु महेन्द्र अधिकारी

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

निर्माता, चलचित्र ‘‘प्रकाश’’
तपाईको निर्माणमा बनेको चलचित्र ‘‘प्रकाश’’ कहिले प्रदर्शन हुन्छ ?
मेरो फिल्म ‘‘प्रकाश’’ प्रदर्शनको क्रममा छ । आगामी भाद्र १० गते देश–विदेशमा एकै मितीमा चलचित्र प्रदर्शन हुँदैछ ।
यो चलचित्रबाट यहाँले कस्तो अपेक्षा गर्नुभएको छ ?
यो चलचित्रबाट मैले राम्रो र सकारात्मक परिणाम आउने छ भन्ने विश्वास लिएको छु । अहिलेसम्मको समिक्षा गर्दा पनि यो चलचित्र सफल हुने विश्वास लिएको छु ।
चलचित्र ‘‘प्रकाश’’को टिम बताइदिनुस् न ?
यो विनिस इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । यसको निर्माता म महेन्द्र अधिकारी आफै छु । यसको निर्देशन दिनेश राउतले गर्नु भएको छ । यो चलचित्रमा निर्देशन गर्नुभएका राउतसँग पछिल्लो चलचित्रहरु प्रसाद क्लासिक, नोभेम्बर रेन, पर्व आदी छन् । उहाँले अहिलेसम्म निर्देशन गरेका चलचित्रको अनुभवले चलचित्र ‘प्रकाश’ राम्रो बनाउनु भएको छ जस्तो मलाई लाग्छ । चलचित्र ‘प्रकाश’का कलाकारहरु प्रदिप खड्का, रेणु योगी, दिया मास्के, ‘प्रकाश’ घिमिरे, राजन खतिवडा लोकेन्द्र लेखक आदी हुनुहुन्छ ।
यो चलचित्रको लेखकमा विकास सुवेदी, छायांकनमा राजेश श्रेष्ठ र साउण्डमा उत्तम न्यौपाने हुनुहुन्छ ।
यो कस्तो किसिमको चलचित्र हो ?
यो चलचित्र खस भाषामा निर्माण भएको छ । यो चलचित्र सम्पूर्ण कर्णाली प्रदेशमा छायांकन गरिएको हो । चलचित्र छायांकन भने ४५ दिन लाग्यो । यो सिनेमामा कर्णालीको ग्रामिण भेगमा रहेको निम्नस्तरको परिवारले शिक्षक बन्नको लागि उनले गरेको संघर्ष र त्यो संघर्षको क्रममा कुन किसिमको बाधा आउँछन् भन्ने मुल विषय चलचित्रमा देखाइएको छ । कर्णाली प्रदेशलाई माथि उठाउन यो चलचित्र सहायक हुने विश्वास लिएको छु ।
तपाईले पहिलो पटक चलचित्रमा लगानी गर्नु भएको छ, कस्तो अनुभव गर्नुभएको छ ?
यहि चलचित्र ‘प्रकाश’को प्रदर्शनपछि पनि चलचित्र क्षेत्रलाई नै निरन्तरता दिन मन छ । चलचित्रमै लागेर व्यवसायिक रुपमा समेत आफुलाई स्थापित गर्छु जस्तो मलाई मन लागेको छ । यो क्षेत्रमा लागेर सफलै हुन्छु जस्तो लाग्छ । अहिले सम्म म चलचित्र क्षेत्रमा लागेर सन्तुष्ट नै छु ।
चलचित्र क्षेत्रमा लागेर सुःख दुःख कस्तो अनुभव गर्नु भएको छ ?
चलचित्र ‘प्रकाश’ निर्माण गर्दा राम्रो टिम निर्माण भयो, निर्देशकदेखि सम्पुर्ण टिमले मैले सोचे अनुसार नै काम गर्नु भयो, त्यसैले चलचित्र ‘प्रकाश’को निर्माणसँगै यो क्षेत्रबाटै म खुसी छु ।
अन्तमा दर्शकलाई सन्देश दिनुस् न ?
मेरो चलचित्र ‘प्रकाश’ प्रदर्शन हुँदैछ, यो चलचित्र हेरिदिनु होला,माया गरि दिनु होला । नेपाली भाषा साहित्य कला संस्कृतलाई माया गरिदिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *